
काठमाडौं, माघ २९ । साताको अन्तिम दिन बिहीबार शेयर बजारमा गिराव आयो ।
उतारचढाव बिच बजार परिसुचक नेप्से १६ अंकले ओरालो लागेर २५ सय २६ कायम भई थामियो ।
यसदिन कारोबार भएका अधिकाशं समुहमा गिरावट आउदा नेप्से परिसुचक पनि ओरालो लाग्यो ।
यसदिन जीवन बिमा समुहमा सबैभन्दा उच्च २ सय १४ अंकले ओरालो लाग्दा निर्जिवन बिमा समुह २ सय ७ अंकले ओरालो लाग्यो ।
यसदिन वाणिज्य बैंक र होटल र सामुहिक लगानी कोषमा सुधार आउँदा अरु सबै समुह ओरालो लागे ।
यसदिन ३५ कम्पनीको शेयर मुल्य बढ्दा १ सय २४ कम्पनीको शेयर मुल्य घट्यो ।
यसदिन चन्द्रागिरी हिल्स लिमिटेडले सबैभन्दा बढि कमाउँदा सर्पाेट लघुवित्त वित्तिय संस्थाले सबैभन्दा बढि गुमाउन पुग्यो ।
यसदिन २ सय ६ कम्पनीको १ करोड ६० लाख कित्ता शेयर ८ अर्ब ४१ करोडमा किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्