१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रतिकुलताका बीच ऐन, कानून र कार्यविधि बनाइ कार्यान्वयन गरियो : मुख्यमन्त्री पौडेल


0
Shares

हेटौंडा, माघ २९ । बागमती प्रदेशका मुख्यमन्त्री मुख्यमन्त्री डोरमणि पौडेलले बितेका ३ वर्षमा प्रतिकुलताका बीच पनि अनुकुलता खोज्दै ऐन, कानुन र कार्य विधि बनाइ कार्यान्वयन गरिएको बताउनुभयो ।

प्रदेश सरकार गठन भएको तीन वर्ष पूरा भएको अबसरमा आयोजित कार्यक्रमा बोल्दै उहाँले आवश्यक कानुन ऐन बनिसकेको अवस्थामा अब प्रदेश सरकार ५ वर्षको आवधिक योजना अनुरुप अघि बढ्ने बताउनुभयो ।

प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले उद्यमशिलता विकास, रोजगारी सिर्जना, नागरिकको जीवनस्तरमा सुधार गर्नु प्रदेश सरकारको प्रमुख लक्ष्य भएको बताउनुभयो ।

प्र्रदेश सभाका सभामुख सानु कुमार श्रेष्ठले प्रदेश सरकारका लागि आवश्यक कानुन, ऐन र नियामावली पास भइसकेको र अब त्यसको कार्यान्वयन तर्फ लाग्नुपर्नेमा जोड दिनुभयो ।