
काठमाडौं, माघ ३० । नेपाल कम्युनिष्ट पार्टीको ओली पक्षले फागुन १ गते माओवादी जनयुद्ध दिवस नमनाउने भएको छ ।
तर सोही दिन ओली पक्षले बुटवलमा शक्ति प्रदर्शनको तयारी भने गरेको छ ।
शनिबार बुटवलको सिद्धेश्वर मैदानमा आमसभा गरी शक्ति प्रदर्शन गर्न लागिएको हो ।
सो सभामा दुई लाखभन्दा बढी मानिसको उपस्थित गराउने दाबी गरिएको छ ।
रुपन्देहीबाट १ लाख र प्रदेशका अन्य जिल्लाबाट १ लाख मानिस ल्याउने तयारी भईरहेको नेताहरुले बताएका छन् ।
त्यसका लागि नेकपा महासचिव विष्णु पौडेल, मुख्यमन्त्री शंकर पोखरेल, उर्जामन्त्री टोपबहादुर रायमाझी लगायतका नेताहरु खटिएका छन् ।
माओवादीको जनयुद्ध दिवसकै दिन शनिबार बिहान ११ बजे सभा सुरु हुने जनाइएको छ ।
सभाअघि गोलपार्क, चौराह, जोगीकुटी, तिनाउ पुल लगायतका स्थानबाट जुलुस निकाल्ने योजना छ ।
प्रतिक्रिया दिनुहोस्