२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


बालबालिकामा पनि कोरोनाविरुद्ध खोपको परीक्षण गर्ने


0
Shares

काठमाडौं, फागुन २ । बेलायतस्थित अक्सफोर्ड-एस्ट्राजेनेकाले कोरोना खोप बालबालिकामा पनि परीक्षण गर्ने भएको छ ।

फेब्रुअरीको अन्त्यमा ६ वर्षदेखि १७ वर्षसम्मका बालबालिकामा परीक्षण गरिने जनाइएको हो ।

बालबालिकामा प्रतिरोधी प्रतिक्रिया उत्पन्न गराउँछ वा गर्दैन भनेर अनुसन्धानकर्ताहरुले परीक्षणका लाग् िपहिलो डोज लगाइने बताइएको छ ।

अनुसन्धानमा सहभागिता जनाउनका लागि चारवटा अध्ययन क्षेत्र नजिक बस्ने स्वयम् सेवकहरुलाई आह्वान गरिएको छ ।

बालबालिकाहरु कोरोनाबाट विशेषतः प्रभावित नभएकाले भ्याक्सिन परीक्षणमा पनि बालबालिकाहरु बिरामी हुने सम्भावना निकै कम रहेको मुख्य अनुसन्धानकर्ताले बताएकाछन् । (एजेन्सी)