१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


हार्ट ब्रेक


65
Shares


कृष्ना खनाल (मस्तानी)

लाखौं करोडौं ताराहरुमध्य एउटा तारा चहकिलो रुपमा टल्किएको जस्ता थिए उनी कम से कम मेरालागि । झलक्क हेर्दा राम्रा थए, उचो कदका, उज्यालो वर्णका थिए उनि ।
कसो कसो उनलाई हेर्दा निकै आकर्शक लाग्थ्यो मलाई । एउटै कलेजमा पढ्थ्यौँ तर हामीबिच कहिल्यै दोहारो कुराकानी भएन तर हेराहेर भने कहिलेकाहीं भैरहन्थ्यो जुन दिन आँखा जुध्थे त्यो दिन बाहार आएजस्तो लाग्थ्यो त्यसै त्यसै खुशि लाग्थ्यो ।

कलेजका दिन बित्दै थिए तर हामी झल्याकझुलुकको हेराईमै मात्रै सिमित थियौँ खै के ले रोकेको थियो हामिलाई कुरा गर्न, न त उनी नै मसंग बोल्ने हिम्मत राखेका थिए न त म नै अगाडि बढेर बोल्न सकेकि थिएँ । मनमनै झाँगिएको मेरो प्रेम म मा मात्र सिमित थियो याहाँसम्म कि मेरा घनिष्ट हरुलाई समेत चालै थिएन ।

कलेजका दिन सकिनै लागे तर मनमा झाँगिएको प्रेम जस्ताको तेस्तै, कहिल्यै कम भएन । त्यो कलेजको अन्तिम दिन थियो कलेजमा कार्यक्रम राखिएको थियो, हाम्रो बिदाईको त्यो दिन एकाएक खास बनेर आयो मेरा लागि, कहिल्यै नगरेको आँट जो गरेका थिए उनले । ‘हाई’ भन्दै मेरा अघिल्तिर आए उनी मुटु फुलेर बलुन भएकाा थियो तरपनि हाईको जवाफ ‘हेलो’ मा फर्काएँ ।हामी यतिसम्म एउटै कलेजमा पढ्दापनि हाम्रो कुराकानी भएन है ? उनले भने ‘हो त है’ जवाफ दिएँ ।

खै उनलाई के लाग्यो र आज कलेजको अन्तिम दिन मसंग कुरा गर्न आएका थिए त्यो मलाई थाहा छैन तर त्यो उनको एफर्टले म मा भने पखेटा लगाईदिएको थियो उसै उसै आकाशमा उड्नलाई ।उसले हाई भनेको मलाई ‘आई लब यु’ भनेको जस्तो खुशि लाग्यो लाज पनि लाग्यो ।

हामीबिच यस्तै कलेज, अब के गर्ने काहाँ के पढ्ने भन्ने यस्तै कुराहरु भए, कुरा गर्दैजादा एउटा कुरा मैले निकै नोटिस गरे त्यो थियो उनको आवाज, उनको त बोलि नै मनमोहक रहेछ निकै कमान्डिङ, मलाई उनको बोलिले झनै तान्यो ।

बिदाई कार्यक्रम सकियो र हामीबिचको कुरा पनि, अन्तययमा फेसबुकमा जोडिने भयौँ । बाटो त छुट्टियो तर त्यो बार्ताले हामिलाई टाढै भएपनि नजिक पुर्याएको थियो। हामी निरन्तर फेसबुकमा कुराकानि गर्न थालेका थियौँ नजिकबाट चिन्ने मौका फेसबुकले दियो म खुशि थिएँ कम से कम आफुलाई मन पर्ने मान्छेसंग कुरा गर्न पाउँदा ।

कुरैकुराको बिचमा एकदिन एउटा यस्तो बिषय प्रबेश भयो जो थियो ‘प्रेम, माया’ त्यो कुराका बिच मलाई मेरो बारे उनले सोधेका थिए ‘तिम्रो बोईफ्रेन्ड छ ?’ मैले भने ‘नाई छैन’ उसले सोध्यो किन छैन ?’खै तेस्तो मान्छे नभेटेर होला’
उसले जवाफमा भन्यो ‘यस्तो राम्रो मान्छेको कोहि छैन भन्दा अचम्म लाग्यो’ दुबै हाँस्यौँ यत्तिकैमा उनले भने मलाई तिमी राम्रो लाग्छ, ‘आई लाईक यु’
म फुरुङ्गै भएँ अब के भन्नू-भन्नू लागेको थियो उतैबाट रिप्लाई आयो ‘मेरो गर्लफ्रेन्ड थिईनन भने म तिमीलाई प्रपोज गर्नेथिएँ’ यो जवाफले मेरो दुई सेकेन्डको खुसी निरासामा परिणत भयो,

फुरुङ्ग उडेको मन अनयासै ढुङ्गामा बजारियो उनलाई हाँसेर ‘होर हाहा’ भनेर त जवाफ दिए तर मन दुखेको थियो खै कस्तो कस्तो नरमाइलो लागेको थियो । या भनौँ त्यो च्याटले मेरो मुटु छिया छिया बनाएको थियो । मनमनै शुरुवात भएर झाँगिएको प्रेम मनमनै अन्तय भएको थियो ।