
काठमाडौं, फागुन २ । लागू औषध नियन्त्रण ब्यूरोले लागू औषध कारोबारमा संलग्न ९ जना जनालाई पक्राउ गरेको छ ।
ब्यरोको टोलीले माघ २१ देखि २६ गतेसम्म गरेको कारबाहीका क्रममा काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट पक्राउ परेका लागू औषध कारोबारमा संलग्न ९ जनालाई आइतबार सार्वजनिक गरेको हो ।
उनीहरुलाई लागू औषध एम्फेटामाईन २ सय २२ ग्राम र नियन्त्रित लागू औषध २४ सय ७० एम्पुल सहित पक्राउ गरिएको प्रहरी बरिष्ठ उपरीक्षक दिलिप चौधरीले जानकारी दिनुभयो ।
उनीहरुको साथबाट डाईजेपाम ९ सय २८ एम्पूल, बुप्रेनोर्फिन ७ सय ८२ एम्पूल, फेनारगन ६ सय ८४ एम्पूल, लुपिजेसिक ७६ एम्पूल गरी कुल नियन्त्रित लागू औषध २४ सय ७० एम्पूल र नगद ९० हजार पाँच सय रुपैंया बरामद गरेको उहाँले जानकारी दिनुभयो ।
पक्राउ परेका व्यक्तिहरुले एउटै सञ्जाल निर्माण गरी कारोबार गर्ने गरेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्