१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सामाजिक सुरक्षा योजना कार्यविधि दोस्रो संशोधन, योगदानको ८० प्रतिशतसम्म रकम सापटी प्रयोग गर्न पाउने


0
Shares

काठमाडौं, फागुन २ । सामाजिक सुरक्षा कोषमा दर्ता भएका योगदानकर्ताले अवकाश सुविधा योजनामा भएको रकम अवकाश हुँदा वा जागिरबाट अलग हुँदा निकाल्न पाउने तथा जागिरमा हुँदै पनि ८० प्रतिशतसम्म विशेष सापटीको रुपमा प्रयोग गर्न सक्ने भएका छन् ।

कोषले कार्यविधि संशोधन गर्दै योगदानकर्ताको पत्नी सुत्केरी भएपश्चात ६ हप्तासम्मको उपचार खर्च पनि पाउने व्यवस्था गरेको छ ।

सामाजिक सुरक्षा कोषले सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधी २०७५ दोस्रो कार्यविधि संशोधन गर्दै सुरक्षीत मातृत्व योगदान अन्तर्गत यस्तो व्यवस्था गरेको हो ।

कोषले कार्यविधि संशोधन गर्दै अस्पताल भर्ना नभई उपचार गर्दा रकम उपयोग नगरेका वा कम उपयोग गरेकाहरुले सोृ सिमाभित्र रहीबाँकी रहेको रकम अस्पतालनमा भर्ना भई उपचार गर्न सक्ने तथा योगदानकर्ताले चाहेमा आफ्नो मासिक निवृतभरणबाट निश्चित रकम औषधी उपचारको लागि छु्ट्टयाउन सक्ने व्यवस्था समेत कोषले गरेको छ ।

यस्तै आश्रित परिवार सुविधा योजनामा विदेशी नागरिकको मृत्यु भएमा निजको हकवालाले एकमुष्ट लिन चाहेमा ७ लाख रुपैयाँ सम्म लिन पाउने व्यवस्था कोषले गरेको छ ।