८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


जेम्स एण्ड ज्वेलरी काउन्सिलको पुनर्गठन


0
Shares

काठमाडौं, फागुन २ । सुनचाँदी व्यवसायको प्रवद्र्धन गर्ने प्रमूख उद्धेश्य लिएर स्थापना भएको जेम्स एण्ड ज्वेलरी काउन्सिलको पुनर्गठन भएको छ ।

झण्डै चार बर्ष निश्कृय रहेको काउन्सिललाई हालै सक्रिय गराइएको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल हस्तकला महासंघद्धारा संयुक्तरुपमा काउन्सिलको गठन गरिएको हो ।

काउन्सिलमा यी तीनैवटा संस्था सदस्य छन् ।

महासंघका अध्यक्ष माणिक रत्न शाक्यका अनुसार काउन्सिलले यी तीनैवटा संस्थाको छाता संस्थाकारुपमा कार्य गर्ने छ ।

यसको नेतृत्व चक्रिय प्रणाली अनुरुप हुने सहमति तीन महासंघवीच भएको छ ।

तत्कालकालागि रत्न तथा आभुषण महासंघका अध्यक्ष रमेश महर्जन यसको संयोजक तोकिनु भएको छ ।

यो संस्थाको सक्रियता सँगै सुन तथा चाँदीको गरगहना र तीनको कारोबार, आपूर्ति एवं निर्यात प्रवद्र्धनका क्षेत्रमा कार्य हुनेछ ।