
काठमाडौं, फागुन ३ । प्रधानमन्त्री केपी शर्मा ओलीले रोजगारीका अवसरहरु सिर्जना हुने ठाउँमा लगानी गर्न उद्योगी व्यवसायीलाई आग्रह गर्नुभएको छ ।
सोमबार काठमाडौंमा आफु निकट उद्योगी तथा ब्यवसायीहरुको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सहकारीको अत्याधिक प्रयोग गरी रोजगारी सिर्जना हुने ठाउँमा लगानी गर्न उद्योगी ब्यवसायीमाझ आग्रह गर्नुभएको हो ।
देशलाई आत्मनिर्भरतातर्फ लाने उपभोग्य वस्तुहरुको ठुलो परिमाणमा उत्पादन गरी निर्यात गर्न समेत आग्रह गर्नुभयो छ ।
प्रधानमन्त्री ओलीले कोभिडको बाबजुद पनि गरिबी नघटेको दाबी गर्नुभयो ।
आगामी वर्ष आर्थिक वृद्धिलाई डबल डिजिटमा पुर्याउने उहाँको भनाई छ ।
आर्थिक विकासका निम्ति विभिन्न उद्योगहरुको स्थापना तथा खानीहरुको उत्खनन् गर्ने उहाँले बताउनुभयो ।
ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री टोपबहादुर रायमाझीले देशलाई आर्थिक समृद्ध गर्ने एकमात्र एजेण्डा आफ्नो पार्टी र सरकारको रहेको बताउनुभयो ।
आजको आवश्यकता निर्माणको आवश्यकता भएको उहाँको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्