
काठमाडौं, फागुन ४ । नेपाल ट्रष्टले लगानी तथा भाडा व्यवस्थापनका लागि लगानी सम्बन्धि कार्यविधिको तयारी थालेको छ ।
ट्रष्टको ऐनमा शिक्षा, स्वास्थ्य, पर्यटन तथा व्यवसायीक क्षेत्रमा लगानी गर्न पाउने व्यवस्था छ ।
ट्रष्टको सम्पत्तिबाट थप आर्जन गर्न भाडा र लगानी प्रक्रिया व्यवस्थित बनाउन कार्यविधिको तयारी थालेको कार्यालयका प्रवक्ता डा. भीष्मकुमार भुसालले जानकारी दिनुभयो ।
ट्रष्टले चालु आर्थिक वर्षमा भाडामार्फत गोकर्ण फरेष्ट रिसोर्टसँग ३ करोड ३१ लाख, थामासेर्कु ट्रेड्रिङबाट ५० लाख, स्टायान्डर्ड चार्टर्ड बैंकबाट १ करोड १४ लाख तथा निजामती विद्यालय धनकुटाबाट २४ लाख ३० हजार तथा विभिन्न कम्पनीबाट समेत गरि १२ करोड बढी भाडामार्फत तथा बैंकको ब्याजबाट ६ करोड बढी आम्दानी गरिरहेको छ ।
ट्रष्टको १ अर्ब बढी बैंक मौज्दात छ ।
ट्रष्टको नाममा देशका विभिन्न ठाउँमा रहेका जग्गाको व्यवस्थापनमा अझै समस्या देखिएको छ ।
१७ ठाउँका जग्गामा मुद्दा चलिरहेको ट्रष्टले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्