१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


संघीय सरकारका कारण काम गर्न सकिएन : मुख्यमन्त्री गुरुङ


0
Shares

पोखरा, फागुन ४ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रदेश सरकार बनेको तीन वर्ष सकिँदा पनि काम गर्न नसक्नुमा संघीय सरकार दोषी रहेको बताउनुभएको छ ।

गण्डकी प्रदेश सरकार स्थापनाको तेश्रो वार्षिकोत्सवको अवसरमा पोखरामा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री गुरुङले संघीय सरकारका कारण प्रदेश सरकारले तीन वर्षमा सोचेजस्तो काम गर्न नसकेको बताउनुभयो ।

जनताको साथ र समर्थन हुँदाहुँदै पनि काम गर्न नसक्नु विडम्बना भएको भन्दै उहाँले सिंहदरबारको केन्द्रीकृत मानसिकताका कारण काम गर्ने वातावरण नबनेको हो भन्नुभयो ।

लक्ष्य पूरा नभए पनि आफूले माफी भने नमाग्ने गुरुङको भनाइ थियो ।