१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पत्रकारिता क्षेत्रलाई सम्मानित र जवाफदेही बनाइन्छ : सञ्चार मन्त्री गुरुङ


0
Shares

पकाठमाडौं, फागुन ५ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले पत्रकारिता क्षेत्रका विकृती, विसंगतीलाई हटाई सम्मानित र जवाफदेही बनाउन आफ्नो ध्यान केन्द्रीत रहेको बताउनुभएको छ ।

नेपाल पत्रकार महासंघको २६ औँ साधारणसभामा बोल्दै मन्त्री गुरुङले आफ्नो एक मात्रै ध्यान पत्रकारिता तथा आमसञ्चार क्षेत्रलाई सम्मानित र जवाफदेही बनाई गरिमालाई उच्च राख्नु भएको बताउनुभयो ।

पत्रकारहरुले भोग्ने गरेको प्रेस पासको समस्या समाधान गर्न आफनो ध्यान गएको मन्त्री गुरुङले बताउनुभयो ।

प्रेस पास नविकरण हुलाक कार्यालयबाटै गर्न सकिने निर्णय गराएको उहाँको भनाई छ ।

प्रेस पास वर्षैपिच्छे नविकरण गर्ने व्यवस्थाको अन्त्य गर्दै प्रेस पासको अवधि न्युनतम पाँच वर्ष पुर्‍याउनको लागि मन्त्रालयको तर्फबाट प्रक्रिया अगाडी बढाउने पनि उहाँले जानकारी दिनुभयो ।

अनलाइन सञ्चारमाध्यम पौष मसान्तसम्म नविकरण गरिसक्नुपर्ने व्यवस्थाको अन्त्य गर्दै वर्षभरी नविकरण गर्न सकिने व्यवस्था गरिने उहाँले प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

लोककल्याणकारी विज्ञापन अनलाइन सञ्चारमाध्यम तथा केवल टिभीलाई पनि दिन सकिने गरी कार्यविधि बनाउने तथा लोककल्याणकारी विज्ञापनको कोष वृद्धि गर्ने उहाँको भनाई छ ।

सञ्चार माध्यको विकृती रोक्नका लागि सरकारले सामाजिक सञ्जाल व्यवस्थापन निर्देशिका ल्याउन लागेको उहाँको भनाई छ ।