१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बागमती प्रदेशसभा स्थगितप्रति कांग्रेसको ध्यानाकर्षण


0
Shares

काठमाडौं । बागमती प्रदेशको बुधबार बस्ने भनिएको प्रदेस सभा बैठक सूचना टाँस गरी स्थगित गरिएकोप्रति नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

अविश्वासको प्रस्ताव दर्ता गराउने पक्ष, प्रमुख विपक्षी दल कांग्रेस र सत्तापक्षबीच बैठक सुचारु गर्ने विषयमा सहमति हुँदापनि यस विपरित बिहान सूचना टाँस गरेर बैठक स्थगित भएको प्रति कांग्रेस संसदीय दलको असहमति रहेको हो ।

कांग्रेसले बुधबार ध्यानाकर्षणपत्र जारी गर्दै संसदीय अभ्यासको मर्म र भावना विपरित भएको यस्तो कार्य पटक पटक दोहोरिदा सभामुखको भुमिका र मर्यादा घट्ने र प्रदेस सभाको भूमिका कमजोर देखिनेतर्फ गम्भीर हुन जरुरी रहेको संसदीय दलका सचिव निमा लामाद्धारा जारी पत्रमा भनिएको छ ।

कांग्रेसले संसदमा टेबुल भएको अविश्वासको प्रस्तावमाथिको छलफल अघि बढाउनुपर्ने पक्षमा रहेको जनाएको छ ।

यस्ता हर्कतहरुप्रति असहमति जनाउँदै कांग्रेसले यस्ता कार्य नहोस् भन्ने तर्फ सभामुखसँग आग्रह गरेको छ ।