
काभ्रे, फागुन ६ । भूमि सम्बन्धी समस्या समाधान आयोग जिल्ला समिति काभ्रेले औपचारिक रुपमा काम सुरु गरेको छ ।
जसअन्तर्गत बिहीबार जिल्ला सदरमुकाम धुलिखेलमा कार्यालय उद्घाटन तथा अभिमुखिकरण कार्यक्रम गरिएको छ ।
कार्यक्रममा पुर्वमन्त्री गोकुल बास्कोटाले सबै नागरिकलाई भुमिको मालिक बनाउने राज्यको नीति रहेकाले पक्ष विपक्षमा नलागी न्यायपुर्ण काम गर्न आयोगलाई निर्देशन दिनुभएको छ ।
वर्षौदेखीको समस्या समाधान हुन लागेको भन्दै उहाँले कुनै बहानामा काममा अलमल गर्ने छुट आयोगलाई नरहेको समेत बताउनुभयो ।
यस्तै भुमि आयोगका जिल्ला अध्यक्ष रामकृष्ण हुमागाँइले संविधान र आयोगको अधिकारभित्र रहेर भुमिहीन सुकुम्बासीलाई जग्गा दिलाउने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्