
लुखुम्बु, फागुन ६ । सोलुखुम्बुको सदरमुकाम सल्लेरी तथा खुम्बुक्षेत्रमा भारी हिमपात भएका कारण जनजीवन प्रभावित बनेको छ । यस वर्ष हिमपात र वर्षा कम भए पनि यो दोस्रो पटक परेको हिमपात र पानीले स्थानीय तथा पशु चौपायाहरु प्रभावित भएका हुन् ।
पशु चौपायालाई घाँस दिन र बाहिर निस्किन पनि समस्या भएको स्थानीय बताउँछन् ।
सदरमुकाम सल्लेरीबाट देखिने तामाखानीको पिके डाँडा, पत्ताले, टाक्सिन्दु, वेनी जुभिङ्गलगायत सदरमुकाम तथा आसपासका डाँडाकाँडामा हिउँ परेको छ भने तल्लो क्षेत्रमा वर्षा भएको छ ।
चिसोले विषेश गरी बालबालिका तथा वृद्धवृद्धाहरु प्रभावित भएका छन ।
प्रतिक्रिया दिनुहोस्