१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


सडकमा नारा, जुलुस गरेर अदालतलाई दबाब दिन सकिँदैन : सभापति देउवा


0
Shares

पोखरा, फागुन ६ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटनबारे सर्वोच्च अदालतले गर्ने फैसला अनुरुप नै कांग्रेस अगाडि बढ्ने बताउनु भएको छ ।

पोखरामा बिहीबार नेपाल राष्ट्रिय मगर संघको प्रथम गण्डकी प्रदेश सम्मेलनमा बोल्दै देउवाले सडकमा नारा जुलुस र र्‍याली गरेर अदालतलाई दबाब दिन सकिँदैन भन्नुभयो ।

प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई ध्रुविकरणमा लगेको भन्दै उहाँले अब सर्वोच्च अदालतको फैसला पर्खनुको विकल्प नरहेको बताउनुभयो ।

कार्यक्रममा कांग्रेस नेता रामचन्द्र पौडेलले संसद पुनस्र्थापना नभए देश गृहयुद्धमा जानसक्ने दाबी गर्नुभयो ।

अर्का नेता गोपालमान श्रेष्ठले ओलीले प्रतिनिधिसभा विघटन गरेर देशलाई अस्थिरतातर्पm धलेको आरोप लगाउनुभयो ।