१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


जतिबेला जेसुकै हुनसक्ने भएकाले तयारी अवस्था बस्न केन्द्रीय सदस्यहरुलाई दाहाल-नेपाल समूहको निर्देशन


0
Shares

काठमाडौं, फागुन ७ । नेकपा दाहाल-नेपाल समूहका शीर्ष नेताहरुले मुलुकको राजनीतिक परिस्थिति अत्यन्तै तरल रहेकाले जतिबेला जेसुकै पनि हुनसक्ने भन्दै तयारी अवस्थामा बस्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।

अध्यक्षद्वय पुष्पकमल दाहाल र माधव कुमार नेपालले जुनसुकै बेला जस्तोसुकै निर्णय लिनुपर्ने भन्दै तयारी अवस्थामा रहन केन्द्रीय सदस्यहरुलाई निर्देशन दिनुभयो ।

उहाँहरुले पुस ५ पछि अहिलेसम्मका घट्नाक्रमबारे व्याख्या गर्दै अबको केही दिनसम्म हुने राजनीतिक घट्नाक्रमको विश्लेषण सुनाउनुभएको थियो ।

बैठकमा अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीले साम, दाम दण्ड भेद सवै प्रयोग गरेर जनता र नेकपा नेता कार्यकर्तामाथि भ्रम छर्न तल्लिन रहेको आरोप लगाउनुभयो ।

आफ्नो नेतृत्वको पार्टीको पक्षमा दुई तिहाई सदस्य हुँदा पनि निर्वाचन आयोगले आधिकारिकता नदिए जस्तोसुकै आन्दोलन गर्न पनि तयार रहेको उहाँको भनाइ थियो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले विघटन पछि कामचलाउ बनेको ओली सरकारले कानून विपरित ज्यादतिपूर्ण ढंगले दमनकारी क्रियाकलाप गरिराखेको आरोप लगाउनुभयो ।

प्रवक्ता श्रेष्ठले पार्टी एकीकरणका काम छिट्टै पुरा गर्ने तयारी थालिएको जानकारी दिनुभयो ।