१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नेपालमा मानव अधिकारको अवस्थामा निरन्तर सुधार आएको छ : परराष्ट्रमन्त्री ज्ञवाली


0
Shares

काठमाडौं, फागुन ७ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले महिला तथा बालकालिका माथिको हिंसाविरुद्ध राज्य, समुदाय, परिवार र नागरिकको सहभागिता जरुरी रहेको बताउनुभएको छ ।

शुक्रबार ‘नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२१’ विमोचन कार्यक्रममा मन्त्री ज्ञवालीले यसको विरुद्ध राज्यका सबै क्षेत्रको सहभागिता आवश्यक रहेकोमा जोड दिनुभएको हो ।

परिवार र समाज सचेत नहुने हो भने महिला तथा बालकालिका माथि हुने घट्ना दोहोरिने खतरा हुने उहाँको भनाई छ ।

मन्त्री ज्ञवालीले विस्तृत शान्ति सम्झौताको अक्षर र भावना, अन्तर्राष्ट्रिय प्रतिबद्धताहरु, सर्वोच्च अदालतको फैसला, पीडितको सरोकार लगायतलाई आधार बनाएर संक्रमणकालीन न्याय टुङ्ग्याउन सरकार प्रतिबद्ध रहेको पनि बताउनुभयो ।

मन्त्री ज्ञवालीले मानव अधिकारलाई पूर्ण कार्यान्वयन गर्ने क्षेत्रमा नेपालले निरन्तर सफलता हासिल गरिरहेको समेत बताउनुभयो ।
र्
ईन्सेकले सार्वजनिक गरेको मानवअधिकार बर्ष पुस्तकमा सन् २०२० मा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा ५ हजार ५ सय ४३ जना पीडित भएको तथ्यांक समेटिएको छ ।