
काठमाडौं, फागुन ७ । प्रतिनिधिसभा विघटनलाई प्रतिगमन भन्दै त्यस विरुद्ध सडकमा सचेतना कार्यक्रम गर्दै आएको नागरिक अभियानले शुक्रबार रत्नपार्कमा प्रर्दशन गर्दै घोषणपत्र सार्वजनिक गरेको छ ।
सेनाले टुँडिखेल कब्जा गरेको भन्दै शुक्रबार सेनाले प्रयोग गर्दै आएको टुँडिखेलभित्र प्रवेश गर्ने भनिए पछि उनीहरुले महाँकाल मन्दिरको प्राङ्गणमा कार्यक्रम गरेका थिए ।
नागरिक अघि बढ्दै छ, सर्वसत्ता ढल्दैछ, जनताको हो टुँडिखेल लगायतका नारा लगाउदै रत्नपार्कवाट प्रर्दशन शुरु गरिएको थियो ।
कोणसभामा अधिकारकर्मी जेबी विश्वकर्माले घोषणपत्र वाचन गर्नुभएको थियो ।
घोषणपत्र मार्पmत नागरिक अभियानले नागरिकको काम सरकारलाई सचेत गराउनु मात्रै हो भन्दै जनताको सर्वोच्चता सुनिश्चित गर्न माग गरिएको छ ।
यस्तै देशलाई दिशानिर्देश गर्न र राज्य संयन्त्रणलाइ जवाफदेही बनाउन नागरिकहरुले हातेमालो गर्नुपर्नेमा पनि जोड दिइएको छ ।
यस अभियानले यस अघि बालुवाटार मार्च, टीयू मार्च, महिला मार्च लगाएतका प्रर्दशन गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्