
काठमाडौं, फागुन ७ । चालु आर्थिक वर्षको ७ महिनाको अवधीमा निर्यातमा सुधार भएको छ ।
भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ७ महिनाको तथ्याकं अनुसार माघ मसान्तसम्म निर्यात अघिल्लो वर्षको तुलनामा ७ प्रतिशतले सुधार आएको हो ।
यस अवधीमा कुल ६९ अर्ब ७१ करोडको वस्तु निर्यात भएको छ ।
अघिल्लो वर्षको यसै अवधीमा ६४ अर्ब ७९ करोडको मात्रै वस्तु निर्यात भएको थियो ।
भन्सार विभागको तथ्याकं अनुसार यस अवधीमा वस्तु आयात अघिल्लो वर्षकोे तुलनामा ०.०१ प्रतिशतले वृद्धि भएको छ ।
अघिल्लो वर्ष माघ मसान्तसम्ममा ८ खर्ब ३ अर्ब ६० करोडको वस्तु आयात भएकोमा यस वर्ष ८ खर्ब ३ अर्ब ६४ करोडको वस्तु आयात भएको हो ।
यस्तै यसै अवधीमा व्यापार घाटा ७ खर्ब ३३ अर्ब पुगेको छ ।
तर व्यापार घाटा भने ०.६६ प्रतिशतले घटेको विभागले जनाएको छ ।
यस अवधीमा ८ खर्ब ७३ अर्बको वैदेशिक व्यापार भएको भन्सार विभागले जनाएको छ ।
यस अवधीमा पेट्रोलियम पदार्थ सबैभन्दा बढि अर्थात १ खर्ब ४ करोडको आयात भएको छ भने आईरन तथा स्टिल ८० अर्बको आयात भएको छ ।
यस्तै मेसिनरी सामग्री ६२ अर्ब २ करोडको आयात हुँदा ६३ अर्ब २० करोडको ईलेक्ट्रिक सामग्री आयात भएको भन्सार विभागको तथ्याकं छ ।
यस अवधीमा २२ अर्ब ३९ करोडको तरकारी आयात भएको छ भने फलफुल मात्रै १० अर्बको आयात भएको छ ।
प्रतिक्रिया दिनुहोस्