१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


भोजपुरी भाषा सबैभन्दा प्यारो : मुख्यमन्त्री राउत


0
Shares

वीरगञ्ज, फागुन ९ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गदीले आफुलाई भोजपुरी भाषा सबैभन्दा प्यारो लाग्ने गरेको बताउनु भएको छ ।

मातृभाषा दिवसको अवसरमा भोजपुरी प्रतिष्ठान वीरगञ्जले गरेको कार्यक्रममा उहाँले मातृ भाषा बोल्नु जस्तो स्वाद अरु भाषा बोल्दा नआउने बताउनुभयो ।

आफ्नो भाषा, सँस्कृति, कला, भेषभुषाको संरक्षणमा सोही समुदाय अग्रसर हुनुपर्ने उहाँको भनाइ थियो ।

प्रदेशमा बोलिने सबै भाषा, संस्कृति तथा कला साहित्यको संरक्षणका लागि प्रादेशिक संरचना बनाउने र वीरगञ्जमा भोजपुरी साहित्यका भिष्म पितामहको रुपमा परिचित पंडित दिपनारायण मिश्रको सालिक बनाउन आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता पनि उहाँले जनाउनुभयो ।