
नवलपुर, फागुन ९ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले स्वास्थ्यका विषयमा सरकार गम्भीर हुनुपर्ने बताउनु भएको छ ।
आइतबारदेखि नवलपुरमा सुरु भएको स्वास्थ्य बिमा कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले गाँस, बास, कपास र स्वास्थ्यलाई जनताको मौलिकहकमा राखे पनि जनताले अझै त्यसको लाभ लिन नसकेको बताउनुभयो ।
जनताका यस्ता हक र अधिकारको सुनिश्चितताका लागि सरकार गम्भीर भएर लाग्नुपर्ने उहाँको भनाइ थियो ।
शिक्षा र स्वास्थ्य राज्यको अधिनमा हुनुपर्ने भन्दै मुख्यमन्त्री गुरुङले नाफा खोज्दा विपन्न जनतालाई गाह्रो भएको बताउनुभयो ।
कार्यक्रममा मुख्यमन्त्री गुरुङले गण्डकी प्रदेशका शतप्रतिशत जनताको विमा गर्ने र विपन्नलाई प्रदेश सरकारले निशुल्क बीमा गरिदिने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्