
विराटनगर, फागुन ९ । नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले प्रतिनिधिसभा विघटनको पक्षमा फैसला भए लोकतान्त्रिक व्यवस्था नै समाप्त हुने दाबी गर्नुभएको छ ।
विराटनगरमा आइतबार गरिएको पत्रकार सम्मेलनमा उहाँले प्रधानमन्त्री ओलीको असंवैधानिक कदमको विपक्षमा फैसला भए मात्र लोकतान्त्रिक व्यवस्थाको रक्षा हुने बताउनुभयो ।
शनिबार प्रधानमन्त्री ओलीले विराटनगरमा दिएको अभिब्यक्तिलाई सिटौलाले अत्तालिएको मानसिकताको संज्ञा दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्