१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सिद्धार्थ राजमार्गका सहायक सडककाे शिलान्यास


0
Shares

स्याङ्जा । सिद्धार्थ राजमार्गसँग जोडिएका सडक खण्डको शिलान्यास गरिएकाे छ ।

वालिङको भुम्रेबाट अर्चलबोट, डुम्रेभञ्याङ, बानीडाँडा–भुर्तेलथोक हुँदै लुम्बिनी प्रदेशको गुल्मी जोड्ने सडकखण्ड तथा सहायक राजमार्गअन्तर्गत गल्याङबाट पेलाकोट–पिडिखोला हुँदै सेतीवेणी जोड्ने सडकखण्डको शिलान्यास कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले गर्नुभएको हो ।

४० करोड रुपैयाँको बहुवर्षीय योजनाअन्तर्गत पहिलो चरणमा सडक चौडा, पर्खाल नाला र प्रिमिक्स कालोपत्रे गर्न बेस बनाइने छ ।