
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनर्स्थापना भए पनि आफ्नो राजनीति नसकिने बताउनुभएको छ ।
कञ्चनपुरको दैजीमा छेला औद्याेगिक क्षेत्र शिलान्यास कार्यक्रममा प्रधानमन्त्री ओलीले केही दिनमा सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनसम्बन्धी फैसला गर्ने भन्दै पुनर्स्थापना भए पनि वा नभए पनि आफ्नो राजनीति नसकिने बताउनुभएको हो ।
केही मान्छेहरू विघटन र पुनर्स्थापनाकाे निर्णयले आफ्नो राजनीति सकिन्छ भनेर छटपटाइरहेको बताउँदै उहाँले आफूहरूको राजनीति जे भए पनि नसकिने जिकिर गर्नुभयाे । आफूले अदालतलाई धम्की वा दबाब नदिएको उहाँकाे दावी छ ।
प्रधानमन्त्री ओलीले गत शनिबार विराटनगरमा आयोजित कार्यक्रममा गरेको सम्बोधनलाई स्मरण गर्दै आन्दोलन गर्ने भनेर नाराजुलुसतर्फ संकेत नगरेकाे स्पष्ट पार्नुभयाे ।
प्रतिक्रिया दिनुहोस्