७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


शाओमी नेपालको नयाँ आधिकारीक सर्भिस सेन्टर


0
Shares

काठमाडौं, फागुन १० । ग्लोबल टेक्नोलोजी लिडर दाबी गरिएको मोबाइल बिक्रेता कम्पनी शाओमी नेपालले राजधानीस्थित आइपेक्स मलमा अत्याधुनिक सुविधा सहित आधिकारीक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ ।

शाओमी नेपालका महाप्रबन्धक शौरभ कोठारीले शाओमी प्रविधिगत विकास र गुणस्तरमा प्रतिवद्ध रहेको भन्दै आधुनिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको बताउनुभयो ।

कम्पनीको पोखरा, नारायणघाट, नेपालगन्ज र ईटहरीमा पनि आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा रहेका छन् ।

सेन्टर उद्घाटनका अवसरमा कम्पनीले एक सातासम्म फ्रि सर्भिस क्याम्प गरिएको जनाएको छ ।