
कैलाली, फागुन १२ । नेकपा दाहाल–नेपाल समूहका सुदूरपश्चिम इन्चार्ज भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले आत्मआलोचना गरेर जनतासामु माफी मागे आफ्नो पार्टीले सोच्न सक्ने बताउनुभएको छ ।
बुधबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा पूर्व उपप्रधानमन्त्री समेत रहनुभएका रावलले अंसैवधानिक कदमको आत्मआलोचना गर्नु पर्ने धारणा राख्नुभयो ।
रावलले प्रधानमन्त्रीबाट ओलीले तुरुन्त राजिनामा दिनु पर्ने पनि बताउनुभयोे ।
सर्वोच्चको फैसला नेपालको संविधान, लोकतन्त्र र जनमतको पक्षमा ऐतिहासिक भएको उहाँको भनाई छ ।
नेपालको संविधानको अपव्याख्या गरी देशलाई दुर्घटनातर्फ लैजान खोज्ने ओलीको योजना विफल भएको उहाँको दाबी थियो ।
प्रतिक्रिया दिनुहोस्