७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


१३ अंकले बढ्यो नेप्से


0
Shares

काठमाडौं, फागुन १२ । बुधबार शेयर बजारमा सामान्य अंकको सुधार आएको छ ।

अरु दिनको तुलनामा यसदिन कारोवार रकम पनि खुम्चिएको छ ।

बजार खुलेसँगै २६ सय २० सम्म पुगेको नेप्से परिसुचक अन्तिममा झण्डै १३ अंकले बढेर २५ सय ९९ मा पुगेको हो ।

उतार चढावकाबीच जलविद्युत र अन्य समुहमा दोहोरो अंकको गिरावट आउदा अरु सबै समुह हरियो रहे ।

सबै भन्दा बढी निर्जिवन बिमा समुह १ सय ८४ अंकले उकालो लाग्दा जिवन बिमा समुह १ सय ८० अंक भन्दा बढीले उकालो लागेको छ ।

यस्तै उत्पादन ५४, होटल समुह ४६ अंकले उकालो लाग्दा अन्य समुह पनि दोहोरो अंकले बढको छ ।

बुधवार १ सय ५१ कम्पनीको शेयर मुल्य बढ्दा ५१ कम्पनीको शेयर मुल्यमा गिरावट आएको छ भने १३ कम्पनीको मुल्य स्थिर रहेको नेप्सेले जनाएको छ ।

बुधवार २ सय ४ कम्पनीको १ करोड ६७ लाख बढी कित्ता शेयर ६ अर्ब ७० करोड बढीमा कारोवार भएको नेप्सेले जनाएको छ ।