१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


इमेजकर्मी रानाभाट पुरस्कृत


0
Shares

चितवन, फागुन १२ । इमेच च्यानलका चितवन संवाददाता डोलराज रानाभाटलाई टिभेट मिडिया अवार्ड प्रदान गरिएको छ ।

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद सिटीईभिटीको ३३ औँ वार्षिकोत्सवको अवसरमा आज रानाभाटलाई अवार्ड प्रदान गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि शिक्षा विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले रु. २० हजार नगद राशीसहित प्रमाणपत्र हस्तान्तरण गर्नुभएको हो ।

सिटीईभिटीले उपलब्ध गराइरहेको शिक्षा तथा सीपबाट सफल जीवन विताएकाहरुको सफलतालाई समावेश गरी रानाभाटले रिपोर्ट बनाउनुभएको थियो ।

सोही रिपोर्टको आधारमा सिटीइभिटीले पहिलो पटक पत्रकारहरुलाई पुरस्कृत गरिएको परिषदका उपाध्यक्ष खगेन्द्र प्रसाद अधिकारीले जानकारी दिनुभयो ।

देशभरबाट ६० जना पत्रकारहरुले आआफ्ना लेख रिपोर्ट पेश गरेको मध्ये रानाभाटले दोस्रो स्थान हासिल गर्नुभएको हो ।

राससका गोपाल बराल प्रथम हुँदै नगद ४० हजार र अर्का पत्रकार यज्ञराज उपाध्यायलाई तेस्रो पुरस्कार नगद १० हजार प्रदान गरिएको थियो ।