१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


‘फुड सप्लिमेन्टले औषधि व्यवसायीलाई अप्ठ्यारो पार्‍यो’


0
Shares

काठमाडौं, फागुन १३ । फुड सप्लिमेन्टको विषयले औषधि व्यवसायीलाई अप्ठ्यारो पारेको सरोकारवालाले गुनासो गरेका छन् ।

राष्ट्रिय सभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा चलेको छलफलमा सरोकारवालो यस्तो गुनासो गरेका हुन् ।

समिति बैठकमा खाद्य ऐन २०२३, औषधी ऐन २०३५ र स्थानीय सरकार सञ्चालन ऐन २०७४ अन्र्तगतका प्रत्यायोजित विधायन साथै आहारपूरक खाद्य पदार्थको नियमनको सम्बन्धमा सरोकारवालासँग छलफल भएको थियो ।

छलफलमा नेपाल औषधी व्यवसायी संघका महासचिव रामचन्द्र शर्माले औषधी व्यवस्था विभागले प्रतिबन्धित भन्ने गरेको भएपनि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा दर्ता भएको तथा चिकित्सकको प्रेस्किप्सन अनुसार व्यवसायीले औषधि विक्री गर्दा कारबाहीको भागिदार हुनुपरेको बताउनुभयो ।

नेपाल फार्मेसी परिषद्का रजिष्ट्रार सञ्जिव कुमार पाण्डेले औषधी ऐन र औषधी ऐनले व्यवस्था गरेको नीति, नियमावलीमा टेकेरै औषधी व्यवस्था विभागले कारबाही गर्ने गरेको बताउनुभयो ।

नेपाल चिकित्सक संघका सभापति डा. लोचन कार्कीले चिकित्सकहरुले आवश्यकता अनुसार प्रेस्किप्सन लेख्न पाएपनि सरकारका दुई निकायको फरक फरक कुराले चिकित्सकहरु प्रतिबन्धित भन्ने की नभन्ने भन्नेमा अन्योल रहेको बताउनुभयो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक उपेन्द्र रायले खाद्यको अनुगमनलाई व्यवस्थित तरिकाले शुरु गरिएको बताउनुभयो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अनलाइन मार्फत सेवा प्रवाह शुरु गर्न लागेको समेत बताउनुभयो ।