
काठमाडौं, फागुन १४ । कृषि तथा पशुपंक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले कृषि अनुदानमा देखिएको बेथितिलाई हटाउने प्रतिबद्धता जनाउनुभएको छ ।
शुक्रबार मन्त्रालयमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले अनुदानमा देखिएको बेथिति हटाउने प्रतिबद्धता जनाउनुभयो ।
कृषि क्षेत्रमा ठेकेदारी प्रथा रहेको भन्दै त्यसलाई तोडेर किसानलाई अनुदान दिने निर्देशिका ठिक ढंगले बनाउने उहाँको भनाइ थियो ।
मन्त्री अर्यालले किसानलाई मलको अभाव हुन नदिने भन्दै मन्त्रालयले आफ्नो क्षमता बढाएर काम गरिरहेको बताउनुभयो ।
भारतसँगको खुल्ला सिमानाबाट अवैध रुपमा मल भित्रिने कुरालाई बन्द गर्न नसकिए पनि त्यसलाई पनि प्रणालीमा ल्याउनको निम्ति प्रयत्न गरिने उहाँको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्