
हेटौंडा, फागुन १४ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले राजनीतिक स्थिरता नभएसम्म औद्योगिक तथा अन्य क्षेत्रको विकास हुन नसक्ने बताउनु भएको छ ।
हेटौंडामा शुक्रबार मयुरधाप औद्योगिक क्षेत्रको शिलान्यास गर्दै उहाँले घरभित्र यस्ता व्यक्तिहरु पैदा भएका छन् जसले घरमा आगो लगाउने काम गरेका छन् ।
घरभित्रै प्रतिपक्षको भूमिका खेल्ने व्यक्तिहरु हाबी भएपछि देशमा अस्थिरता आएको समस्या उत्पन्न भएको बताउनुभयो ।
कार्यक्रममा बागमती प्रदेश सरकारका मुख्यमन्त्री डोरमणि पौडेलले हेटौंडालाई औद्योगिक नगरको रुपमा विकास गरिने बताउनुभयो ।
मयुरधाप औद्योगिक क्षेत्रमा हेलिप्याडदेखि सशस्त्र गण, पेट्रोल पम्प, विजुली स्टेशन, हेभी गाडी पार्किङ, वाटर ट्याङ्क, स्टाफ क्वाटर, ल्यावलगायतका विभिन्न संरचनाहरु निर्माण गरिने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्