
तस्विर फाइल
काठमाडौं, फागुन १४ । सरकारले फागुन २३ गते आइतबार प्रतिनिधि सभाको बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।
शुक्रबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले फागुन २३ मा प्रतिनिधिसभा बैठक आह्वानका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषद् बैठक बस्नुअघि बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा बैठक आह्वान गर्नेसम्बन्धमा शीतल निवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गर्नुभएको थियो ।
पुस ५ गते प्रधानमन्त्री केपी ओलीले विघटन गरेको प्रतिनिधिसभालाई फागुन ११ गते सर्वोच्च अदालतले पुनस्र्थापना गर्दै १३ दिनभित्र पहिलो बैठक बोलाउन आदेश दिएको थियो ।
प्रतिक्रिया दिनुहोस्