१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मुख्यमन्त्री पौडेलद्धारा पाँच जिल्लाका अस्पताललाई एम्बुलेन्स हस्तान्तरण


13
Shares

हेटौंडा, फागुन १६ । बागमती प्रदेश सरकारका मुख्यमन्त्री डोरमणी पौडेलले बागमती प्रदेश अन्तर्गतका पाँच वटा अस्पताललाई एम्बुलेन्स हस्तान्तरण गर्नुभएको छ ।

बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र हेटौंडाले मकवानपुर, नुवाकोट, सिन्धुपाल्चोक, सिन्धुली र धादिङ जिल्ला अस्पतालहरुलाई ख वर्गको एम्बुलेन्स हस्तान्तरण गरेको हो ।

एम्बुलेन्सको लागत २९ लाख २० हजार रुपैयाँ रहेको छ ।

कार्यक्रममा मुख्यमन्त्री पौडेलले जिल्लाबासीलाई उपचार गर्न सहज होस् भन्ने तरिकाबाट सरकारले काम गरिरहेको र अन्य साधनहरु पनि उपलब्ध गराउदै जाने बताउनुभयो ।