६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


गोंगबु हत्याकाण्डमा दोषी ठहर कल्पना मुडभरीलाई आजीवन काराबासको सजाय


0
Shares

काठमाडौं, फागुन १९ । गत साउनमा दाङका कृष्णबहादुर बोहोराको गोंगबुमा भएको हत्याकाण्डमा काठमाडौं जिल्ला अदालतले कल्पना मुडभरीलाई आजीवन काराबासको सजाय सुनाएको छ ।

न्यायाधिश राजेन्द्र अधिकारीको एकल इजलासले कल्पनालाई बोहराको क्रुर हत्याको अभियोगमा दोषी ठहर गर्दै आजीवन जेल सजाय सुनाएको हो ।

गत साउन २५ गते गोंगबुमा सुटकेशमा टाउको र खुट्टा बिनाको शव भेटिएको थियो ।

त्यसको केही पर जेब्रा झोला भित्र खुट्टा फेला परेको थियो ।

त्यसपछि अनुसन्धानमा जुटेको प्रहरीले कल्पना मुडभरी र उनकी छोरीलाई चितवनबाट पक्राउ गरेको थियो ।