१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


चलचित्र पत्रकार संघको सुनसरी शाखा गठन


0
Shares

काठमाडौं । रङ्ग पत्रकार विनोद विश्वकर्माको अध्यक्षतामा चलचित्र पत्रकार संघ, नेपालको सुनसरी शाखा गठन भएको छ । बुधबार ११ सदस्यीय तदर्थ समिति गठन भएको समितिका सचिव सुमन भट्टराईले जानकारी दिनुभयो ।
समितिमा उपाध्यक्ष मनोज दाहाल, सचिव सुमन भट्टराई, सह–सचिव शरुपा थापा मगर, कोषाध्यक्ष सविना बान्तवा सहित सदस्यहरूमा नरेन कुलुङ, रविन राउत, आरवी कटवाल, राजकुमार खाती, प्रशान्त पुरी र सुप्रीया राई रहेका छन् ।

समितिको बाँकी सदस्य र सल्लाहकारहरू कार्यसमितिको पहिलो बैठकले तय गर्ने सचिव भट्टराईको भनाइ छ ।
चलचित्र पत्रकार संघ, नेपालको सुनसरी सहित देशभर ९ शाखा पुगेको छ । यसै साता संघको थप पाँच शाखा गठन हुने केन्द्रीय समितिका महासचिव समीर बलामीले जानकारी दिनुभयो ।