१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


दाहाल-नेपाल समूह फेरि पुग्यो निर्वाचन आयोगमा


0
Shares

काठमाडौं, फागुन २० । नेकपाको दाहाल-नेपाल समूह बिहीबार फेरि निर्वाचन आयोग गएको छ ।

बुधबार मात्रै दाहाल नेपाल समूहको केन्द्रीय कमिटी बैठकले पार्टीको आधिकारिकता दिन ढिलाइ गरेको भन्दै आयोगको भूमिकाप्रति आपत्ति प्रकट गरेको थियो ।

दाहाल-नेपाल समूहका स्थायी कमिटी सदस्य लिलामणि पोखरेल, केन्द्रीय सदस्य राजेन्द्र पाण्डेलगायत नेता आयोग पुग्नु भएको हो ।

बुधबार संकलन गरेको केन्द्रीय सदस्यहरुको हस्ताक्षर पत्र, नागरिकताको प्रतिलिपि र पार्टी परिचयपत्र संकलन लिएर उहांहरु आयोग पुग्नु भएको हो ।

यो समूहले गत माघ २० मा राजनीतिक दल सम्बन्धी ऐनको दफा ४३ र ४४ को प्रक्रियाअनुसार आधिकारिकता दाबी गर्दै आयोगमा निवेदन दिएको थियो ।

तर, आयोगले यसबारे कुनै निर्णय गरेको छैन ।

माघ ११ गते पार्टी विभाजनलाई मान्यता नदिने बाहेक थप निर्णय आयोगले नगरेपछि दाहाल–नेपाल समूह असन्तुष्ट छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनको निर्णय गरे पछि नेकपा व्यावहारिक र राजनैतिक रुपमा विभाजित छ ।

तर, आयोगले भने पुस ५ भन्दा पछाडि गरिएको दाबीलाई मान्यता नदिने निर्णय गरेको छ ।

प्रतिनिधिसभा विघटनको निर्णय भने सर्वोच्च अदालतले बदर गरेको छ ।