८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


बैतडीमा जारी टि ट्वान्टी क्रिकेटमा खलंगा सेमिफाइनलमा


0
Shares

बैतडी, फागुन २० । बैतडीको दशरथचन्द नगरपालिकामा जारी मेयर कप टि ट्वान्टी क्रिकेट प्रतियोगितामा दशरथचन्द नगरपालिका–४ खलंगा सेमिफाइनलमा पुगेको छ ।

बिहीबार भएको समूह चरणको अन्तिम खेलमा खलंगाले देहिमाडौंलाई ८ विकेटले पराजित गर्दै सेमिफाइलनमा पुगेको हो ।

देहीमाडौंले दिएको ९९ रनको सामान्य लक्ष्य खलंंगाले ११ दशमलव १ ओभरमा २ विकेटको क्षतिमा पुरा गर्यो ।

खलंगाका लोकेश चन्दले अर्धशतकीय पारी खेल्दै ५६ रनको योगदान गरे ।

यसअघि दशरथचन्द खेलमैदान सुन्दरखालीमा टस जितेर पहिले ब्याटिंग गरेको देहीमाडौंले लक्ष्मण बोहराको १८ रनको मद्दतमा मात्र ९८ रन जोड्न सक्यो ।

खलंगाका मोहित भण्डारीले ३ विकेट लिए ।

लोकेश चन्द म्यान अफ द म्याच छानिए ।

समूह सीमा रहेको खलंगा लगातार २ खेल जित्दै अन्तिम चारमा पुग्दा सोही समूहमा रहेका देहिमाडौं र ग्वाल्लेक भने समूह चरणबाट बाहिरिएका छन् ।