
काठमाडौं, फागुन २१ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले आजको दिन राजनीतिको नयाँ थालनीको दिन भएको उल्लेख गर्नुभएको छ ।
काठमाडौंमा सरकारसँग तीन बुँदे सहमति गर्न आयोजित समारोहलाई सम्बोधन गर्दै उक्त कुरा बताउनुभएको हो ।
अध्यक्ष विप्लवले सहमतिका पछाडी महान् आकांक्षा रहेको दावी गर्दै भन्नुभयो, ‘देशलाई स्वाधीन र स्वाभीमानी मुलुक बनाउन, समृद्धीको आकांक्षा पूरा गर्न सहमति गरिएको हो । शहीदहरुको आकांक्षा, सपना पूरा गर्ने रहेको छ ।’
उहाँले अब मुक्त आकाशमा रहेर राजनीति गर्ने प्रतिवद्धता पनि जनाउनु भयो । तीन बुँदेमा आफ्नो पार्टी प्रतिवद्ध रहेको र पालना गर्ने विश्वास दिलाउनुभयो । यसबारेमा कुनै आशंका र कुतर्क गर्न आवश्यक नभएको पनि उल्लेख गर्नुभयो ।
अध्यक्ष विप्लवले तीन बुँदे सहमति तयार पार्न सफल भएकामा वार्ता टोलीलाई, प्रधानमन्त्री, मन्त्री, नागरिक समाजका अगुवादेखि सेना प्रहरीलाई धन्यवाद दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्