
काठमाडौं, फागुन २२ । ३६ वर्ष अगाडि चोरी भएको एक मूर्ति अमेरिकाले नेपाललाई हस्तान्तरण गरेको छ ।
१२औं शताब्दीको वासुदेव कमलाजा मूर्ति अमेरिकाले नेपाललाई हस्तान्तरण गरेको हो ।
अमेरिकास्थित नेपाली दूतावासमा हालै आयोजित एक कार्यक्रममा अमेरिकी सरकारका तर्फबाट एफविआईका उप सहायक निर्देशक टिमोथी एन डुनहमले अमेरिकाका लागि नेपाली राजदूत डा. युवराज खतिवडालाई उक्त मूर्ति हस्तारण गर्नुभएको हो ।
पाटन मन्दिरको यो मूर्ति १९९० देखि टेक्ससको म्युजियममा राखिएको थियो ।
प्रतिक्रिया दिनुहोस्