१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रधानमन्त्री ओलीले लगाए कोरोनाविरुद्धको खोप


0
Shares

pm oli get covid vaccine

काठमाडौं, फागनु २३ । प्रधानमन्त्री केपी ओलीले कोरोना भाइरसविरुद्धको खोप लगाउनु भएको छ ।
आइतबार बिहान त्रिभुवन विश्वविद्याय शिक्षण अस्पताल, महाराजगञ्ज पुगेर प्रधानमन्त्री ओलीले कोभिड–१९ विरुद्धको खोप लगाउनुभएको हो ।

दोस्रो चरणको खोप कार्यक्रम शुरु गर्दै प्रधानमन्त्री ओलीले खोप लगाउनुभएको हो । उहाँको साथमा उहाँकी श्रीमती राधिका शाक्यले पनि खोप लगाउनुभएको छ ।

प्रधानमन्त्री ओलीले खोप लगाएपछि दोस्रो चरणको खोप अभियान पनि औपचारिक रुपमा सुरु भएको छ ।

खोप लगाउनेवित्तिकै सञ्चारकर्मीहरुसँग प्रधानमन्त्री ओलीले खोप अभियानलाई सफल पार्न सबैलाई खोप लगाउन पनि आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘मैले कोभिडको भ्याक्सिन लगाएँ, अहिले कुनै कम्प्लिकेसन छैन, सबैले खोप लगाएर खोप अभियानलाई सफल पारौं ।’

प्रधानमन्त्रीसँग शिक्षण अस्पतालमा अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, स्वास्थ्यमन्त्री हृदयस त्रिपाठी, गृहमन्त्री रामबहादुर थापा लगायतले पनि कोरोनाविरुद्धको खोप लगाउनुभएको छ ।

गृहमन्त्री थापाले भने बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा पुगेर कोरोनाविरुद्धको कोभिशिल्ड लगाउनुभएको हो ।

दोस्रो चरणको खोप अभियानअन्तर्गत देशभरका १५ हिमाली जिल्लामा ५५ वर्षमाथिकालाई र अरु जिल्लामा ६५ वर्षमाथिकालाई खोप लगाइँदैछ ।

यसपटक करिब १६ लाखले खोप लगाउने स्वास्थ्य मन्त्रालयको अनुमान छ ।