१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


गौर हत्याकाण्डका पीडितले अझै पाएनन् न्याय


0
Shares

काठमाडौं, फागुन २३ । वि.स. २०६३ साल चैत्रमा भएको गौर हत्याकाण्डका पीडितहरुले न्याय नपाएको भन्दै आफुहरुलाई न्याय दिलाउन सरकार समक्ष माग गरेका छन् ।

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी गौर हत्याकाण्डका पीडितहरुले आफुहरुले हालसम्म न्याय नपाएको भन्दै आफुहरुलाई न्याय दिलाउन सरकार समक्ष माग गरेका हुन् ।

वि.स. २०६३ साल चैत्र ७ गते रौतहटको गौरस्थित राइसमिल चौरमा तत्कालीन माओवादी पार्टी र उपेन्द्र यादव नेतृत्वको मधेशी जनअधिकार फोरमका कार्यकर्ताबीच झडप हुँदा २७ जनाको मृत्यु भएको थियो भने दजनौँको संख्यामा घाइते भएका थिए ।

अन्र्तराष्ट्रिय समुदाय, सरकार लगायतले घटनाको निरिक्षण गरी उक्त घटना राजनीतिक अभिप्रायले नभई जघन्य अपराध भएको रिर्पोट समेत निस्केको जिकिर गर्दै पीडितहरुले सरकारले दोषी उपर कारबाही नगरेको आरोप लगाएका छन् ।

दोषी उपर कारबाही गरि मृत्यु हुनेहरुलाई शहिद घोषणा गर्न र न्याय दिलाउन पीडितले माग गरेका छन् ।

विगतका कुनैपनि सरकारले दोषीमाथि कारबाही नगरेको भन्दै पीडितले दुःख व्यक्त गरेका छन् ।