२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


अदालती निर्णयपछि धमाधम एमाले कार्यालय पुनःस्थापना गरिँदै, मन्त्रीले नै राखे बोर्ड


0
Shares

काठमाडौं, फागुन २४ । सर्वोच्च अदालतको फैसलापछि विभिन्न जिल्लामा धमाधम विघटित नेकपा एमाले ब्युँताउन थालिएको छ ।

जिल्लाहरुमा नेकपाको बोर्ड हटाएर नेकपा एमालेको बोर्ड टास्न नेकपा ओली पक्ष लागेको हो ।

मोरङमा एमाले जिल्ला कार्यालयको बोर्ड राख्न मन्त्री नै संलग्न भए भने यता नुवाकोटमा पनि एमालेको बार्ड राखिसकिएको छ । मोरङ कार्यालयको बोर्ड मन्त्री भानुभक्त ढकालबाट राखिएको हो ।

अदालतले ओली–दाहाल नेतृत्वको नेकपा खारेज हुने निर्णय गर्दिएकामा प्रफुल्लित बनेका नेकपा एमालेका नेताहरुले बोर्ड फेर्न थालेका हुन् ।

सोमबार मोरङ र नुवाकोटमा ओली पक्षका कार्यकर्ताले पार्टी कार्यालयमा नेकपा एमालेको बोर्ड टाँगेका हुन् ।

नुवाकोटमा तत्कालीन एमालेका उपाध्यक्ष एवं बागमती प्रदेश सांसद बद्री मैनाली नेतृत्वमा बोर्ड र चुनाव चिह्न सूर्य अंकित झन्डा राखिएको हो ।