१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कांग्रेस र दाहाल नेकपालाई ओलीको कटाक्षः ‘संसद पुनर्स्थापना त उफ्रिन र नाराबाजी गर्न पो रैछ’


0
Shares

काठमाडौं, फागुन २४ । प्रधानमन्त्री केपी ओलीले पुनर्स्थापित प्रतिनिधि सभाको पहिलो बैठकमै नाराबाजी र बहिष्कार गरिएकामा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र दाहाल नेकपा समूहप्रति कटाक्ष गर्नुभएको छ ।

सोमबार एक सार्वजनिक कार्यक्रममा प्रतिनिधि सभा बैठक स्थगित गरिएको प्रसंग कोट्टयाउँदै ओलीले भन्नुभयो, ‘मुद्दा मामिला गरेर संसद पुनर्स्थापना किन गर्‍या रैछ त भन्दा उफ्रिन नाराबाजी गर्ने रैछ ।’

प्रधानमन्त्री ओलीले थप्नुभयो, ‘कम्तिमा मेरो मेख मार्न भए पनि पहिलो बैठक राम्ररी चल्न दिनुपर्थ्यो ।’

संसदमा यस्तै रडाको हुन्छ भनेरै आफूले प्रतिनिधि सभा विघटन गरेको तर्क गर्दै उहाँले भन्नुभयो, ‘दुर्दिन देख्नु रैछ, पुनर्स्थापना भयो । एक थरी नारा लगाउँछन् । अर्को थरी गुरूरू बाहिर निस्कन्छन् कहाँ जान हतार थियो कुन्नि !’

संसदमा गज्जबको सेटिङ देखिएको भन्दै प्रधानमन्त्री ओलीले संसदमा अध्यादेश पेश गर्न नदिएकामा आक्रोश व्यक्त गर्दै सक्ने भए फेल गरेर देखाउन चुनौती दिनुभयो ।