१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


चितवनमा गैंडा र बाघ मृत फेला


0
Shares

चितवन, फागुन २५ । चितवन राष्ट्रिय निकुञ्जमा एउटा एउटा वयस्क गैंडा र बाघको बच्चा मृत फेला परेका छन् ।

निकुञ्जको अमलटारी नारायणी नदी कलकत्ता टापुमा अन्दाजी ३० वर्षको भाले गैंडा मृत भेटिएको हो ।

निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले गैँडा अर्को भाले गैँडासँग जुँधेर मरेको हुन सक्ने बताउनुभयो ।

गैंडाको खाग र खुर सुरक्षित छन् ।

यहि वर्षमा चितवन राष्ट्रिय निकुञ्जमा २६ वटा गैँडाको मृत्यु भएको छ ।

जसमध्ये २२ वटाको प्राकृतिक र ४ वटा चोरी सिकारीको कारण मृत्यु भएको हो ।

त्यसैगरी निकुञ्जको सौराहा सेक्टर नजिक फागुन २३ गते अन्दाजी ४ वर्षको लिङ्ग पहिचान नभएको बाघको बच्चा मृत भेटिएको छ ।

बाघको प्राकृतिक कारण मृत्यु भएको अनुमान गरिएको छ ।

चालु आर्थिक वर्षमा बाघको मृत्यु भएको यो पहिलो हो ।