
(सुर्खेत र ताप्लेजुङ) फागुन २५ । सुर्खेतस्थित नेकपा एमाले प्रदेश पार्टी कार्यालय र नेकपा (माओवादी केन्द्र) को नाम र साइनबोर्ड परिवर्तन गरिएको छ ।
सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेकपा (माओवादी केन्द्र) ब्यूँताएपछि पार्टी कार्यालय पनि पहिलेकै अवस्थामा फर्काउन नेकपा एमालेको बोर्ड र झण्डा राखिएको हो ।
त्यसैगरी ताप्लेजुङमा पनि नेकपा एमालेको छुटै साइनबोर्ड राखिएको छ भने माओवादी केन्द्रले पनि आफ्नो छुट्टै साइनबोर्डसहितको कार्यालय राखेको छ ।
प्रतिक्रिया दिनुहोस्