
कपिलवस्तु, फागुन २५ । नेपाल पर्यटन बोर्डका पदाधिकारी, पर्यटनविद् र व्यवसायीहरुले लुम्बिनीदेखि तिलौराकोटसम्म अन्वेषण परिचयात्मक भ्रमण गरेका छन् ।
लुम्बिनीमा जन्मिएका सिद्धार्थलाई महारानी मायादेवीले राजदरबार फर्कने क्रममा हिडेको बाटोको अन्वेषणका लागि परिचयात्मक भ्रमण गरिएको हो ।
सो मार्गलाई पर्यटकीय प्रोडक्टको रुपमा विकास गर्ने र कपिलवस्तुलाई त्रि-बुद्धस्थलको रुपमा परिचित गराउने योजनाका साथ भ्रमण गरिएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।
लुम्बिनीबाट पडरिया हुदै मनौरी, सिवलवा, विजुवा, सिसहनिया, दोहनी, निग्लिहवा हुदै राजधानी तिलौराकोट पुगेको बताइन्छ ।
लुम्बिनी हुदै कपिलवस्तु सम्मको मार्गलाई नयाँ पर्यटकीय गन्तब्यका रुपमा विकास गर्ने लक्ष रहेको बोर्डले जनाएको छ ।
सरकारले बुद्धस्थलको पर्यटन प्रबद्र्धनका लागि पर्यटन बोर्ड अन्तर्गत बुद्ध सर्किट टुरिजम प्रमोशन समिति बनाएर काम थाले पछि २० जना बढीको टोलीले अन्वेषण परिचयात्मक भ्रमण गरेको हो ।
प्रतिक्रिया दिनुहोस्