२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


धुम्बाराहीमा नेकपा बोर्ड हटाई एमालेको राखियो


0
Shares

काठमाडौं, फागुन २५ । सर्वोच्च अदालतको फैसलाले नेकपा एमाले र माओवादी केन्द्रलाई ब्युँताएपछि पार्टी कार्यालय पनि पहिलेको अवस्थामा फर्किएको छ ।

सर्वोच्चको फैसलाले एमाले र माओवादी केन्द्रको एकता भइ बनेको नेपाल कम्युनिष्ट पाटी(नेकपा)लाई मान्यता नदिएपछि पूर्ववत् नेकपा एमाले केन्द्रीय कार्यालय धुम्बाराही र माओवादी केन्द्र पेरिसडाँडास्थित आफ्नै पार्टी कार्यालयमा फर्किएको हो ।

योसँगै नेकपा एमालेले धुम्बाराहीमा पार्टीको नाम र साइनबोर्ड पनि परिवर्तन गरेको छ ।

तर, माओवादी केन्द्रले भने पार्टीको नाम र साइनबोर्ड अहिलेसम्म पनि हटाएको छैन ।

पार्टीको नाम र साईनबोर्ड बन्न ढिलाई हुँदा साविक पार्टीको नाम कार्यालयबाट हटाउन नसकिएको कार्यालय सचिव श्रीराम ढकालले जानकारी गराउनुभयो ।

वि.स. २०७५ साल जेठ ३ गते तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का गठन भएको थियो ।