
तस्विर फाइल
काठमाडौं, फागुन २६ । नेकपा एमालेको माधव नेपाल पक्षका केन्द्रीय सदस्यको बैठक बानेश्वरमा बस्दैछ ।
सर्वोच्च अदालतको फैसलापछि एमाले ब्युँतिएसँगै माधव नेपाल पक्ष प्रचण्डसँग छुट्टिएको थियो ।
एमालेमै बसेर केपी ओली प्रवृतिविरुद्ध संघर्ष गर्ने निष्कर्षसहित प्रचण्डसँग छुटेको माधव नेपाल पक्षले बुधबार नयाँ वानेश्वरको अर्याल होटलमा आफ्नो समूहका केन्द्रीय सदस्यहरूलाई बोलाएको हो ।
नेपाल पक्षिय एक नेताका अनुसार अनौपचारिक रुपमा बस्ने बैठकले आगामी दिनमा केपी ओलीसँग कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्ने छ ।
प्रतिक्रिया दिनुहोस्