२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


पथलैया-वीररगञ्ज सडक निर्माणको काम पाँच वर्षमा पनि पूरा भएन


0
Shares

बारा, फागुन २६ । बाराको पथलैयादेखि वीरगञ्ज जोड्ने व्यापारीक मार्ग निर्माणको काम पाँच वर्ष वितिसक्दा पनि पूरा हुन सकेको छैन ।

ठेकेदार र कर्मचारीका कारण उक्त सडकको काम ७२ प्रतीशत मात्र सकिएको छ ।

कर्मचारीले कमिशनका लागि ६ बल्कमा काम बाँड्ने र निर्माण कम्पनीलाई पटक पटक अवधि थपिदिएर सडक निर्माणको समय लम्ब्याएको स्थानीयको गुनासो छ ।

कागजमा ७२ प्रतिशत देखाइए पनि ६ लेनको उक्त सडकको काम ५५ प्रतीशत मात्रै सम्पन्न भएको पनि दाबी पनि स्थानीयहरुको छ ।

पथलैया देखी बीरगञ्जसम्म २५ किलोमिटर सडक एशियाली मापदण्डको बनाउन सरकारले ५ अर्ब २७ करोडमा पप्पु कन्स्ट्रक्सन समेत ६ वटा निर्माण कम्पनीलाई जिम्मा दिएको थियो ।